बाढीले एकै परिवारका चारजना बगायो, एकको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

file photo

सुन्दरहरैँचा ।

मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको जनाको ज्यानएको हो ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी ९सासू० र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।

  • १२ असार २०८१, बुधबार १०:५३ प्रकाशित