चट्याङ लागेर खेतमा जोतिरहेका एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

बर्दिया ।

बर्दियामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको ज्यान गएको हो ।

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

  • १० असार २०८१, सोमबार १०:५१ प्रकाशित