३६६ संक्रमित निको हुदाँ २८० जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो २४ घण्टामा देशभर ३६६ जना निको भएका छन् । सोही समयमा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ ।

  • २२ मंसिर २०७८, बुधबार १६:४९ प्रकाशित