जंगली च्याउ खाँदा तनहुमा एकको ज्यान गयो चार बिरामी

केन्द्रभाग मिडिया

तनहुँ ।
तनहुँको आँबुखैरेनी हिलेखर्कका ८५ वर्षीया द्रौणपति गुरुङको जंगली च्याउ खाएर ज्यान गएको छ । जंगली च्याउ खाएर बिरामी परेको गुरुङको उपचार भइरहेको अवस्थामा चितवनस्थित अस्पतालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए  ।

च्याउ खाएर अन्य चार जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुुँले जनाएको छ । बिरामी परेका चार जनाको अवस्था भने खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा मृतक सहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।

  • ८ असार २०८१, शनिबार १३:०२ प्रकाशित