मौसम पूर्वानुमान : पाँच प्रदेशमा वर्षा, गण्डकी प्रदेशमा भारी वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव छ ।

हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा छ ।

गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेश र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

  • ७ असार २०८१, शुक्रबार ०६:४६ प्रकाशित