काठमाडौँ ।
अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ ।
बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध वृद्धा र दीर्घरोगीहरुको ज्यान गएको छ ।
ज्यान गुमाउनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरू छन् । भारतका मात्रै ६८ जना नागरिकको ज्यान गएको त्यहाँस्थित कूटनीतिक नियोगलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
हज यात्राका क्रममा बर्सेनि यत्तिका सङ्ख्यामा हजयात्रीहरुको ज्यान गरेको छ ।