आईसीसी टी-२० विश्वकप

बंगलादेश द्वारा नेपाल सामु १०७ रनको सामान्य लक्ष्य प्रस्तुत

केन्द्रभाग मिडिया

पोखरा ।

आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशबाट १०७ रनको लक्ष्य पाएको छ । समूह डीको खेलमा नेपाली बलर हाबी हुँदा ३ बलअगावै १ सय ६ रन बनाउँदा अलआउट भएको हो ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बलअगावै १ सय ६ रन बनाउँदा अलआउट भयो ।

नेपाली बलर समु टेष्ट राष्ट्र बंगालदेशका ब्याट्स म्यान खुलेर खेल्न सकेनन् । बंगलादेशका लागि अल हसनले बनाएको १७ रन नै सर्वाधिक रह्यो । महम्मदुल्लाह र रिसद हुसैनले समान १३ रन बनाए । जाकर अलीले १२ र लिटोन दासले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालले सुरुवातदेखि नै बंगलादेशलाई दबाबमा राखेको छ । नेपाली बलरहरु घातक बन्दा सुपर ८ मा पुग्न नेपाललाई जित्नै पर्ने दबाबमा रहेको बगंली टोलीका ब्याटरहरु नेपाली बलरसामु लामो समय क्रिजमा टिक्न सकेका छैनन् ।

तीव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमै विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए । सोमपालले नै पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए ।

मोहम्मदुल्लाह नवौँ ओभरको अन्तिम बलमा रन आउट भए । १३ रन बनाएका उनलाई सन्दीप लामिछानेको बलमा गुल्सन झाले रन आउट गराए ।

कप्तान रोहितले १२औँ ओभरको चौथो बलमा सकिब हल हसनलाई १७ रन बनाउँदा एलबीडब्लु धरापमा पारे । यसअघि पाचौँ ओभरको चौथो बलमा कप्तान रोहित पौडेलले ९ रन बनाएका तोहिद ह्दोयलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए ।

सन्दीप लामिछानेले चौधौँ ओभरको दोस्रो बलमा तान्जिमलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाएका हुन् । तान्जिम अल हसनलाई बोल्ड आउट गर्दै सन्दीपले टी–२० आईमा ९९ विकेट लिएका हुन्। सन्दीपले १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिर्दै टी–२० आईमा १ सय विकेट पूरा गरे ।

टी-२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने सन्दीप विश्वका दोस्रो खेलाडी हुन् । यसअघि रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए। सन्दीपले यो कीर्तिमान ५४ औँ खेलमा आएर पूरा गरे । नेपालका लागि भने १ सय विकेट लिने सन्दीप पहिलो खेलाडी हुन् ।

अठारौँ ओभरको पहिलो बलमा रिसद हुसैनलाई १३ रन बनाउँला क्याच आउट गरे । उनले नै अन्तिम ओभरको तेस्रो बलमा मुस्ताफीजुर रहमानलाई रन आउट बनाउँदै बंगलादेशलाई अलआउट गरेका हुन् ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । सोमपाल कामी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २ विकेट आफ्नो नाममा गरे ।

  • ३ असार २०८१, सोमबार ०७:२६ प्रकाशित