विद्यार्थीमा कोरोना पुष्टि भए पछि विद्यालय बन्द

केन्द्रभाग मिडिया

विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि बन्द गरिएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि विद्यार्थीलाई कोरोना देखिए पछि बन्द गरिएको हो ।

कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई बन्द गरिएको शिक्षक शुशीला भण्डारीले जानकारी दिइन् । विद्यार्थीमा कोरोना संक्रमण पछि यसअघि पनि विद्यालय बन्द गरिएको थियो ।

मङ्गलबार थप एक छात्रामा कोरोना देखिएको हो । सङ्क्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गरिने विद्यालयले जनाएको छ ।

 

  • २२ मंसिर २०७८, बुधबार १२:०० प्रकाशित