प्यानल बनाउन देउवाले बोलाए आफु पक्षको बैठक, निधिलाई बोलाइएन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांंग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा दुइ समूह उम्मेदवार को टुन्गो लागाउन केन्द्रीत भएका छन् । सभापति शेरहबादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहमा साझा उम्मेदवार बनाउन छलफलमा जेटेका हुन् ।

बुघवार सभापति देउवाले आफ्नो प्यानल बनाउन आफु निकटका नेतालाई बोलाएका छन् । उक्त छलफलमा उपसभापति समेत रहेका विमलेन्द्र निधिलाई भने बोलाइएको छैन ।

आफै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका निधि संस्थापन टीमबाट वाहिरिएका हुन् । उनलाई देउवा समूहले औपचारिकरुपमै ‘आउट’ गरेको बुझिएको छ । देउवाले महाधिवेशनमा आफ्नो पक्षको प्यानल तय गर्न बोलाएको बैठकमा उपासभापति विमलेन्द्र निधिलाई नबोलाएका हुन् ।

यस पहिले निधि देउवा समूहको खम्बा रहेका थिए ।  सभापतिको उम्मदवार बन्ने घोषण गरे पनि निधि देउवा सम्बन्ध विग्रको थिएन, तर आजको बैठकमा निधिलाई नबोलाइए पछि एउटै टिम बन्ने सम्भावना न्यून देखिएको छ ।

देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा देउवाले यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन्। आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।

 

  • २२ मंसिर २०७८, बुधबार ११:५४ प्रकाशित