आज युरोको भाउ घट्यो, अन्य देशका मुद्रा विनिमयदर यस्तो छ

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको बिक्रीदर बढेको छ । आज एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । हिजो सोमबार भने अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३८ पैसा र बिक्री दर १२० रुपैयाँ ९८ पैसा कायम गरेको थियो ।

हिजो युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ०३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७१ पैसा रहेकोमा आज भने एक युरोको खरिददर १३५.७४ र बिक्रकी दर १३६ रुपैयाँ ४२ रहेको छ ।

युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७४ पैसा र बिक्री दर १६० रुपैयाँ ५४ पैसा कायम छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४४ पैसा र बिक्री दर ८५ रुपैयाँ ८७ पैसा छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्री दर १० रुपैयाँ ६५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०७ पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको छ ।

  • २२ मंसिर २०७८, बुधबार ०९:२२ प्रकाशित