पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कसैले फ्लोर क्रस गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै उनले माओवादी सांसद तथा नेपाल समाजवादी पार्टी (नेसपा)नेता फडिन्द्र देवकोटाप्रति लक्षित गर्दै ह्विप मान्नुपर्ने बताए ।
‘दल एउटा, भोट अर्को ठाउँमा जान्छ भने स्वाभाविक मानिँदैन । हाकाहाकी यस्तो भनेको सुनियो,’ उनले भने, ‘त्यसलाई राजनीतिक रुपमा प्रतिवाद गरिन्छ । कुना कोठामा बसेर गरेका निर्णय अनुमोदन गर्ने ठाउँ संसद् होइन ।’
उनले गण्डकीमा त्यस्तो नहुने आशा गरेका छन् ।