सुर्खेत ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को निर्वाचनमा कांगेस एक्लै लड्ने बताएका छन् ।
उनले आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस एक्लै लड्ने र बहुमतको सरकार बनाउने दाबी गरे । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताए ।
यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गए पनि त्यो टिक्न नसकेको उनले बताए। पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ।
यस्तै निधिले पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको बताए।
निधि कर्णालीको जिल्लाहरूमा जाने र पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्न कर्णालीमा पुगेका छन् ।