हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको ज्यान गयो

केन्द्रभाग मिडिया

symbolic picture

धनगढी ।

कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको ज्यान गएको छ ।टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

  • २४ जेष्ठ २०८१, बिहीबार ०९:४३ प्रकाशित