ताल तथा जलाधार क्षेत्रमा काम गर्ने सरकारी निकायद्धारा फेवाताल सरसफाइ

केन्द्रभाग मिडिया

पोखरा ।
ताल तथा जलाधारको क्षेत्रमा काम गर्ने सरकारी कार्यालयहरुले पोखराको फेवाताल खपौदी क्षेत्रमा सरसफाइ गरी विश्व वातावरण दिवस मनाएका छन । गण्डकी प्रदेश सरकार ताल संरक्षण तथा बिकास प्राधिकरण पोखरा, नेपाल सरकार बन तथा वातावरण मन्त्रालय र बृहत जलाधार ब्यवस्थापन केन्द्र पोखराको संयुक्त आयोजनामा फेवाताल किनार खपौदी क्षेत्रमा सरसफाइ गरेका हुन । फेवाताल सरसफाइलाई जलारी समुदायको अर्थ उपार्जनमा जोड दिदै उनीहरुले जलारीको बस्ती रहेको खपौदीमा सरसफाइ गरेका हुन ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेश उद्योग वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख पुणेश्वर सुवेदीले मानविय क्रियाकलापले वातावरणमा परेको असरलाई न्युनीकरण गर्नका लागि आफुहरुले वातावरण दिवसको सन्दर्भमा फेवातालमा आश्रित जलारी समुदायहरुलाई फेवाताल सरसफाईमा प्रेरित गराउन फेवा किनारको खपौदीमा ताल क्षेत्र सरसफाइ गरिएको वताए ।तालको संरक्षण गरी यसबाट हुने फाइदालाई बांडफांड गर्ने उद्देश्य भएतापनि मानविय हितको लागि सोच्ने र प्रकृतिको बारेमा नसोच्ने गरेकै कारण ताल वर्षेनी पुरिदै गएको वताउदै त्यसबारेमा सचेतना जोगाउनका लागी जलारी समुदाय संग मिलेर फेवाताल सरसफाइ गरिएको उनको भनाइ रहेको थियो ।

ताल संरक्षण तथा बिकास प्राधिकरणका कार्यालय प्रमुख शम्भु कुमार मिश्रले वातावरण दिवसमा ताललाई केन्द्रित गरी ताल सरसफाइ गरिएको वताए । पोखरामा रहेका नौ वटै तालको अवस्था जीर्ण रहेको वताउदै उनले जनतालाई सुसुचित गराउनका लागि आवश्यक रहेको वताए । वर्षेनी सडक निर्माणका कारण खोलाहरुबाट गेग्रनहरु तालमा आउने, ताल घुम्न आउनेहरुले ताल किनारमा फोहोर फाल्ने गरेकै कारण ताल खुम्चिदै गएका बताउदै मिश्रले तालका छेउछाउमा बस्नेले मात्र नभइ तालकै कारण ब्यवशाय चलायमान गर्ने होटल, पर्यटन ब्यवशायीहरुले पनि तालको संरक्षणमा लाग्नुपर्ने बताए ।

बृहत जलाधार केन्द्रका निमित्त प्रमुख अमर अधिकारीले पोखरा १८ मा रहेको खपौदीमा रहेका जलारी समुदाय र नागरिक समाज संग मिलेर जलारी समुदायको भुमि र भविष्य भनेकै फेवाताल रहेको र फेवातालको क्षेत्रफल घट्दै जाँदा जलारी समुदायलाई प्रत्यक्ष असर परेकाले त्यसबारेमा सचेतना फैल्याउने कार्यक्रम सहित सरसफाइ कार्यक्रमलाई जोड दिएको वताए ।

सो अवसरमा वोल्दै जलारी समाजका अध्यक्ष ज्ञान बहादुर जलारीेले जलारी समुदायले मासिक रुपमा फेवा किनारमा सरसफाइ गर्ने गरेको भएतापनि घुम्न आउनेहरुले फेवातालके छेउछाउमा फोहोर फाल्ने गरेकै कारण फेवाताल सरसफाइमा चुनौती थपिएको वताए ।
नागरिक समाज कास्कीका राम बहादुर पौडेलले टोल बिकास संस्थाहरु गठन भएको भएतापनि उनीहरुले काम नगरेकै कारण फेवाताल सरसफाइले सोचेजस्तो रिजल्ट नआएको वताए । सरसफाइ कार्यक्रम मार्फत जलारी समुदायलाई अर्थ उपार्जनमा जोड्ने उद्देश्य रहेके छ ।

  • २३ जेष्ठ २०८१, बुधबार १८:४२ प्रकाशित