हुरीले ढालेको रुखले च्यापिएर एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

नवलपरासी ।

नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रिदा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् ।

थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हुरीले रुख ढाल्दा टाउकोमा बज्रन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको ज्यान गएको हो ।

वनमा गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् ।

  • २२ जेष्ठ २०८१, मंगलवार १४:४८ प्रकाशित