जनमतद्वारा मधेस प्रदेश सभाको पहिलो बैठक अवरुद्ध

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै अवरुद्ध भएको छ ।

सोमबारको बैठकमा जनमत पार्टीका सांसदले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै अवरुद्ध गरेका हुन् ।

सुरुमै जनमतका प्रदेश सांसद सञ्जय यादव उठेर घटनाको लागि छानबिन समिति नबने सदन चल्न नदिने बताएका थिए ।

त्यसपछि जनमतका सांसदहरू उठेर अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । त्यसअघि सभामुख मण्डलले प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू बढेर सुनाएका थिए ।

  • २१ जेष्ठ २०८१, सोमबार १५:५४ प्रकाशित