गुल्मीमा जिप दुर्घटना : १ जनाको ज्यान गयो, ७ घाइते

केन्द्रभाग मिडिया

गुल्मी ।

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको चन्द्रकोटबाट कालीगण्डकीको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप कालीगण्डकी–४ओक्याङमा दुर्घटना हुँदा सत्यवती–८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको ज्यान गएको हो ।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।पोखरेलका अनुसार अनुसार अनुसार दुर्घटनामा सत्यवती–८ भार्सेका ३७ वर्षीया रीता छन्तेल, उनकी छोरी ४ वर्षीया इरिसा छन्तेल,७५ वर्षीय टेकबहादुर काला, २३ वर्षीय मेघबहादुर बराल गम्भीर घाइते भएका छन् ।

त्यस्तै २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपती बराल र चालक २९ वर्षीय केशव राना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि पाल्पा पठाइएको छ ।

जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • २१ जेष्ठ २०८१, सोमबार १५:०७ प्रकाशित