पोखरा दुर्घटना अपडेट : घाईते दुई मध्ये एकको ज्यान गयो

केन्द्रभाग मिडिया

symbolic picture

पोखरा ।

पोखरामा टिप्परसँग मोटरसाइकल ठोक्किदाँ घाईते २ जना मध्य एक जनाको ज्यान गएको छ ।

घाईते वडा नम्बर १३ काहुँखोला बस्ने वर्ष १८ की बबिता रिमालको गण्डकी मेडिकलमा उपचारको क्रममा आज बिहान १० बजेर ३४ मिनेटको समयमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।

मोटरसाइकल पछाडी सवार रिमालको दुवै खुट्टा र ढाडमा चोट लागेको र उनको अवस्था सिरियस रहेको थियो ।अर्का घाईते मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।
घाईते कमलको दुवै खुट्टा र दाँया हातमाचोट लागेको र उनको अवस्था सामान्य रहेको शर्माले जनाएका छन् । उ

आज बिहान ८ बजेको पोखरा महानगरपालिका वडा नम्बर १३ गौडाकोमुखस्थित वी।पी मार्गबाट लामाचौर तर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परमा सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकल ठोक्किदाँ यी दुई जना घाईते भएका थिए ।

उक्त मोटरसाइकल, टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

  • २१ जेष्ठ २०८१, सोमबार १३:५७ प्रकाशित