पोखरा ।
नेपालमा स्थानीय वायू, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेश एक/दुई स्थानमा मेघगर्जन र चट्या्ङ हावाहुरीसहित हल्का वर्षा भैरहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्या्ङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।