पोखरा ।
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आज (२०८१ जेठ १८ गते नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम बेनी नगरपालिका वडा नंं. १० म्याग्दीका शर्मालाई उक्त पदमा नियुक्त गरेका हुन् ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालय प्रवक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिए ।














