डेढ वर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पारित गर्‍यो पहिलो विधेयक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको झन्डै डेढ वर्ष समयमा यस अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।

राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमाथि ५ वटा बैठकमा दफावार छलफल भएको हो । यो विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपाल बाहिर लानुपर्ने अवस्थामा मन्त्री परिषद्को स्वीकृत लिनुपर्ने लगायतका व्यवस्थाहरू रहेका छन् ।

विधेयकमाथि सांसदहरू रघुजी पन्त, हेमराज राई, सुमना श्रेष्ठ, प्रेम सुवाल र प्रेमबहादुर महर्जनले संशोधन राखेका थिए ।

  • १८ जेष्ठ २०८१, शुक्रबार १४:४१ प्रकाशित