पोखरा ।
पोखरामा हावाहुरीसहित मेघगर्जन वर्षा भएको छ ।पछिल्लो केही दिन देखि पोखरामा गर्मी निकै बढिरहेको थियो । उखरमाउलो गर्मीले आत्तिएको पोखरेलीलाई वर्षाले केही राहत दिएको छ ।
सोमबार र मंगलबार भारतमा आएको रेमल चक्रवातको असर पोखरासहित देशका पूर्वी भागमा परेको थियो । हिजो अस्ति हल्का वर्षा भएकोमा आज यो समाचार तयार पार्दा पोखरामा भारी वर्षा भइरहेको छ ।













