कृषिमा ५७ अर्ब २९ करोड विनियोजन, गत वर्षको तुलनामा १ अर्बले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

कृषि क्षेत्रको बजेट घटेको छ । सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।

चालु आव २०८०-८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।

  • १५ जेष्ठ २०८१, मंगलवार १६:१४ प्रकाशित