पोखरा ।
तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना असार २ गते हुने भएको छ ।
उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान १० बजेदेखि गणना सुरु हुने जनाएको छ। यसअघि संक्षिप्त आदेशमा पुनः गणना गर्नुपर्ने फैसला गरेकोमा पूर्ण पाठमा १ महिनाभित्रै गणना गरी प्रतिवेदन पेस गर्न भनेको छ। जेठ २ गते यसको फैसला भएको थियो ।’
‘आदेशको प्रतिलिपि साथै राखी दोहोऱ्याइ मतगणना गर्ने कार्य मिति २०८१ असार २ गते बिहान १० बजे सुरु हुने ब्यहोरा जानकारीका लागि निवेदक तथा विपक्षी वैकुण्ठनाथ न्यौपाने तथा जिल्ला निर्वाचन कार्यालय तनहुँलाई दिनू’ फैसलाको पूर्ण पाठमा उल्लेख छ ।













