आफूविरुद्ध पक्राउ पुर्जीको मागपछि इजरायलका प्रधामनमन्त्री नेतान्याहु क्रुद्ध

केन्द्रभाग मिडिया

तेल अभिभ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभिआयोजकले हमास नेताहरूका साथ आफ्नो लागि पनि पक्राउ पुर्जी जारी गर्ने मागको निन्दा गरेका छन्। नेतान्याहुले ‘लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँग तुलना गर्न’ अस्वीकार गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुको भनाइ दोहोर्‍याए। बाइडेनले इजरायल र हमासबिच कुनै तुलना हुन नसक्ने बताए।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजक करीम खानले गाजामा भएको युद्ध अपराधका लागि नेतान्याहु र इजरायलका रक्षामन्त्री याव गालान्टलाई जिम्मेवार ठहराउन सक्ने आधारहरू रहेको बताएका छन्। आईसीसीले गाजामा हमास नेता याह्या सिनवार विरुद्ध युद्ध अपराधको लागि पक्राउ पुर्जी पनि मागेको छ।

  • ८ जेष्ठ २०८१, मंगलवार ११:०८ प्रकाशित