पोखराकै पहिलो एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको अमरसिंहमा रहेको पोखरा क्षेत्रकै एकमात्र एमआरपी बियर रेष्टुरेण्टमा पोखरामै पहिलो पटक लेकाली बियर च्यालेन्ज हुने भएको छ । होटल टास्क ईन्टरनेशनल प्रा.लि.को आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टकोे दोश्रो वर्ष प्रवेशको अवसरमा अगामी जेठको ११ देखी १५ गते सम्म लेकाली बियर च्यालेन्जको आयोजना गरिने भएको हो । बियर पारखीहरु बीचको बियर पिउने प्रतिस्पर्धात्मक प्रतियोगितानै लेकाली बियर च्यालेन्ज प्रतियोगिता भएको र उक्त प्रतियोगिता मार्फत बियरको अनुपम अनुुभव लिन सकिने रेष्टुुरेण्टका सञ्चालक मिन बहादुर गुरुङले वताए ।

उक्त प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत जेठ ११ देखी १४ सम्म हरेक दिन एउटा इभेन्ट सम्पन्न हुने छ । इभेन्टमा सहभागी हुनका लागी पहिला आउनेलाई प्राथमिकता दिदै प्रत्येक दिन १० जनाले सहभागीता जनाउन सक्नेछन । १० जना मध्ये १० मिनेटको अवधिमा जस्ले बढी बियर पिउन सक्छ सो ब्याक्ति उक्त इभेन्टको बिजयी हुने छ । इभेन्टमा सहभागीले प्राप्त मात्रामा बियर पिउन सक्नेछन । ११ देखी १४ गते सम्मको लागि हरेक दिनको इभेन्टमा बिजयीले एक कार्टुन बियर, प्रमाणपत्र र एक वर्षको लागि एमआरपी बियर रेष्टुरेण्टमा प्रिभिलेज कार्ड प्राप्त गर्नेछन ।

११ देखी १४ गते सम्मको बिजेताबीच जेठ १५ गते ग्राण्ड एमआरपी बियर च्यालेन्ज प्रतियोगितामा सहभागी हुनेछन । उक्त प्रतियोगितामा बिजेताले एमआरपी हिरो अफ द इयरको अवार्ड प्राप्त गर्नेछन । अवार्ड संगै बिजेताले होटल टास्क इन्टरनेश्नल प्रा.लि. र होेटलको चारवटै आउटलेट्सको लागि प्रिभिलेज कार्ड प्राप्त गर्नेछन ।प्रतियोगितामा सहभागी हुनका लागि १५ सय सहभागीता शुल्क लाग्ने र अन्तिम प्रतिस्पर्धाका लागि कुनैपनि शुल्क नलाग्ने संचालक गुरुङले वताए । प्रतियोगितामा सहभागीता जनाउनका लागि रजिस्ट्रेशनका लागि होटल टास्क ईन्टरनेशनल प्रा. लि., लेकाली चुलो घर, लेकाली कफि हाउस, लेकाली सिटि भ्यू रेष्टुरेण्ट र लेकाली सेकुवा एण्ड सुकुटी घरमा सम्पर्क गर्न सकिने छ ।

प्रतियोगितामा सहभागी संख्या सिमित भएकाले अग्रीम बुकिङका लागि समेत आयोजकले अनुरोध गरेको छ । प्रतियोगिताको बारेमा जानकारी लिनका लागि लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार एमआरपी बियर रेष्टुरेण्ट अमरसिंह चोकमा सम्पर्क गर्न सक्नेछन । लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टमा एमआरपी मा बियरहरु उपलब्ध हुदै आएको छभने धराने बंगुर, बंदेल, मटन, चिकन, बफको सेकुवासंगै हांस, बफ सुकुटी र बट्टाइका परिकारहरु उपलब्ध रहेका छन ।

दोश्रो वर्ष प्रवेश संगै ड्राफ्ट बियर बार समेत ग्राहकहरु समक्ष पस्कने सञ्चालकले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन सांझ राष्ट्रिय कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम सहित लाइभ म्युजिक समेत रहने छ ।

 

  • ७ जेष्ठ २०८१, सोमबार २०:०६ प्रकाशित