प्रधानमन्त्री प्रचण्डले चौथो पटक पाए विश्वासको मत

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । उनले सोमबार कांग्रेस सहित विपक्षी दलहरुको नारावाजीका बीचमा चौथो पटक विश्वासको मत पाएका हुन् ।

सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।

जसअनुसार सभामुखले मत विभाजन गर्दा २७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ० र दिन्न भन्ने अर्थात तटस्थमा १ मत पर्‍यो । कांग्रेससहित विपक्षी सांसदहरु भने मतदान प्रक्रियामा सहभागी नभइ नाराबाजीमै रहे ।

सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो ।

  • ७ जेष्ठ २०८१, सोमबार १३:३१ प्रकाशित