पोखरा १० मा रेडक्रसको विपत व्यवस्थापन अभिमुखीकरण कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा वडा भित्र रहेका टोल विकास सस्था, आमा समुह र अन्य संघसंस्थाको उल्लेखनीय उपस्थिति मा उपशाखा १० को सभाहलमा आकस्मिक भैपरी आउने विपत व्यवस्थापन सम्बन्धि १ दिने अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रम वडा नं १० र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की विपत व्यवस्थापन समितिको विशेष सहयोगमा एक दिन सञ्चालन भएको हो ।

विपत व्यवस्थापन अभिमुखी कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ्ग (राजु सर) को प्रमुख आतिथ्यतामा ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

रेडक्रस जस्तो पवित्र र मानवीय सेवामा सधैं खटिने यस वडासंगै रहेको उपशाखाले वडा भित्र रहेका टोल टोल र घर घरमा पर्न सक्ने विपत सम्बन्धित तालिमको आयोजना गरेर घर घरमा हुनसक्ने विपत न्यूनिकरण गर्न मद्दत गर्ने उनले बताए ।

उक्त कार्क्रममा वडा नं १० का वडा सदस्य परमेश्‍वर कार्की, वडा सदस्य पुर्णचन्द न्यौपानेको उपस्थिती रहेको उक्त १ दिने आकस्मिक विपत व्यवस्थापन अभिमुखी कार्यक्रममा वडा भित्र रहेका आमा समूह, टोल विकास संस्था लगायत ७५ जनाको उपस्थिती रहेको थियो ।

विपद् अभिमुखी कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका विपद व्यवस्थापन उप–समितिका प्रशिक्षक ई. सागर गौतम, दिपक नाथ पौडेल र सुनिता भण्डारीले सबैलाई सहज बुझ्ने भाषामा प्रशिक्षण दिएका थिए ।

बिपत आकस्मिक आउने हुनाले पहिलेनै अपनाउनु पर्ने सहजकताका बारेमा उनीहरुले बताएका थिए । जस्तै गाडी चलाउने चालक, नया घर बनाउदा अपनाउनु पर्ने सावधान, पैदल यात्रुले बाटो काट्दा अपनाउनुपर्ने र आ आफ्नो स्वास्थ्य सम्बन्धि सजकता हुनु जस्ता विपतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला रेडक्रस कास्कीका विपद् व्यवस्थापन समितिका प्रशिक्षक सुनिता पौडेलले हरेकको घर घरको भित्र हुन सक्ने आगलागी र घरमा हुनसक्ने विपद्का बारेमा जानकारी गराउदैँ आगलागी भएमा अपनाउनु पर्ने विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा दिपकनाथ भण्डारीले मन्तव्य राखेका थिए । उपशाखा १० का उप सभापति पबित्रा देबी गुरुङ्गले उपस्थित सबैलाई स्वागत गरेका थिए भने उपशाखाका सदस्य निर्मला श्रेष्ठले रेडक्रसका सात सिद्धान्त बाचन गरेकी थिइन् ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सभापति जीवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव बिन प्रसाद गुरुङ्गले सञ्चालन गरेका थिए ।

  • ६ जेष्ठ २०८१, आईतवार १६:५० प्रकाशित