काठमाडौं ।
प्रतिनिधि सभाको बैठक बस्ने समय फेरि सरेको छ । आइतबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो ।
सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको बैठक फेरि सरेको हो । अर्को बैठक साढे ४ बजेका लागि बोलाइएको छ ।
सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन दलहरु सहमत भएका छन् । तर, संसदीय समितिको कार्यादेश टुंगो लाग्न सकेको छैन ।