संसदीय छानविन समिति गठन गर्ने सहमति, टीओआर बनाउन समिति

केन्द्रभाग मिडिया

काठमाडौं ।
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो ।

बैठकमा संसदीय समितिको कार्यादेश (टीओआर)बारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश बारे पनि भोलिसम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकका अनुसार संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधि भोलि बिहान बसेर टुंग्याउने छन् । कानुनमन्त्रीको नेतृत्वमा बनेको टिओआर तय गर्न समितिमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल रहेका छन् । माओवादीबाट भने प्रतिनिधि छैन ।

बैठकमा गृहमन्त्रीको नाम तोक्ने नतोक्नेबारे छलफल नभएको प्रमुख सचेतक लेखकले बताए । उनले उक्त विषय कार्यादेश बनाउँदा छलफल हुने बताए । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो ।

  • ५ जेष्ठ २०८१, शनिबार २०:३१ प्रकाशित