पोखरा ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताएका छन ।पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित तीन दिने मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको समापन गर्दै उनले महानगरको न्यायिक समितिको सक्रियताले विवाद समाधानमा सहजता भएको र अदालतमा मुुद्धाको चाप घट्ेको बताए ।
विवादको समाधानकालागि महानगर न्यायिक समितिले गरिहेको काम राम्रो रहेको बताउदै देशभरमै उत्कृष्ट बनेकाले यसलाई निरन्तरता दिन न्यायाधीस दाहालले सुुझाव समेत दिए ।
दहालले विवाद समाधानमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण रहने भएकाले पुुनर्ताजगी तालिमले सहजता प्रदान गर्ने विश्वास ब्यक्त गरे । विवाद समाधानको उपयुुक्त माध्यम मेलमिलाप रहेको बताउदै मेलमिलाप मार्फत दुवै पक्षले जित्ने र समाजमा आपसी सद्भाव कायम हुने बताउदै दहाललले मेलमिलापकर्ता अदालतकै सहयोगीका रुपमा रहेको समेत बताए ।
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले टुुट्न लागेको सम्बन्धलाई मेलमिलापको धागोले सिलाउने काम मेलमिलापकर्ताले गरेकोे बताउदै तालिमले विवाद समाधानमा थप उत्कृष्टता प्रदान गर्ने विश्वास गरेको समेत बताए । मेलमिलापकर्ताद्धय सविता भण्डारी, सुदिप प्रधानाङ्गले तालिमले मेलमिलापमा सहजता प्रदान गरेको र सिकेको विषयलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पोखरा महानगरका १ देखि १८ नम्वर वडाका मेलमिलापकर्ताको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि न्यायाधीस नवराज दाहाल, पोखरा महानगरपालिका कार्यबाहक मेयर मञ्जुुदेवी गुुरुङ, न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र रजनी परियारले प्रमाणपत्र वितरण गरेका थिए ।













