पोखरा ।
लोकदोहोरी गायक विमलराज क्षेत्रीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।चर्चित गाएका क्षेत्रीले काँग्रेसको खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । उनी पर्वतवाट महाधिवेशन प्रतिनिधिमा चयन भएका थिए ।
विगत पच्चिस वर्ष देखि उनी कांग्रेको राजनीतिमा जोडिएका छन् । कलाकारीताको माध्यबाट सार्थ पार्टीका विभिन्न संगठनमा आवद्ध छन् क्षेत्री । उनी नेपाल ट्रैड युनियन काँग्रेसका पूर्व केन्द्रिय सदस्य समेत हुन् । कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुदैँछ ।