काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा नेपालको राजनीति ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन् ।
बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने समेत बताए ।
‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौ’, ओलीले भने, ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ ।’