लेकसाइडका ४ स्पाबाट ६ बालिकाको उद्दार

केन्द्रभाग मिडिया

पोखरा ।
लेकसाइडका विभिन्न ४ स्पाबाट ६ जना बालिकाको उद्दार गरिएको छ । पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपाल संस्थाबाट खट्टिएको संयुक्त अनुगमन टोलिले उनीहरुलाई उद्दार गरेको कास्की प्रहरीले जानकारी दिएको हो ।

लेकसाइडको सेन्टरपोइन्ट स्पा र न्यु भिजन स्पाबाट २/२ जना अनि हिमालयन स्पा र पारामाउण्ट स्पाबाट १/१ जना बालिका उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त शर्माले जानकारी दिए ।

अनुगमन गर्दा १८ वर्ष भन्दा मुनिका ६ जना वालिकाहरुलाई काममा लगाएको पाइएको हुँदा पीडित वालिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता शर्माले बताए।

  • २ जेष्ठ २०८१, बुधबार २०:०० प्रकाशित