सन्दीप लामिछानेको मुद्दामा बहस सकियो : के आउला फैसला ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा  बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । फैसलाको तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

  • २ जेष्ठ २०८१, बुधबार १५:४४ प्रकाशित