भैरहवा ।
शक्तीशाली नेताको गठजोडलाई तोड्दै लुम्बिनीमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह बिजयी भएको छ । सभापति शेरबहादुर देउवाका दाहीने हात मानिने कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणँ, सांसद देवेन्द्रराज कँडेलको अगुवाईमा गठन गरिएको प्यानल नराम्रोसंग पराजीत भएको छ ।
प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका हुन्। संस्थापन पक्षका भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा विजयी भए । विजयी पुनले ८५२ मत ल्याए भने शाहले ७६७ मत पाए।
रुपन्देहीबाट पटकपटक सांसद भएका भरत शाह पार्टी राजनीतिमा भने असफल हुदैँ आएका छन् । शाहको हार यस पटक पनि निरन्तराता पायो । केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका शाहलाई संस्थापन समूहले प्रदेश सभापतिमा अगाडी सारेको थियो । नेता खाँण र कँडेलले उनलाई प्रदेशमा उठ्न दवाव दिदै मौखिक रुपमा जितको ग्यारेण्टी गरिदिएका थिए ।
खाणँ र शाह जिल्लाको राजनीतिमा आन्तरिक प्रतिष्प्रर्धी हुन् ।
शाह कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । अहिले संघीय संदसको लेखा समितिका सभापति रहेका शाह पूर्वमन्त्री समेत हुन् । उनी रुपन्देहीमा निकै रुचाइएका नेता हुन् । उनीसंग पौडेल समूहबाट जिल्लाको राजनीति गरेका नेताहरु प्रतिष्प्रर्धामा देखीए पछि सहज जित हासील गर्ने अपेक्षा गरिएको थियो । तर नतीजा उल्टो आयो ।
शाहलाई उठ्न प्रेरीत गर्ने खाणँ र कँडेलको भूमिका माथि पनि अहिले कांग्रेस भित्र प्रश्न उठेको छ । खाणँले भित्रि रुपमा उनलाई सहयोग नगरेको र विगतले पनि यो कुरा पुष्टि हुने नाम नबताउने सर्तमा रुपन्देहीका एक नेताले बताए ।
जिल्लामा खाणँले भाइलाई सभापति बनाएर शाहले श्रीमतीलाई उपसभापति बनाएका थिए । यहीबाट खाणँले शाहसंग एकताको सन्देश दिन खोजेका थिए । तर नतिजाले त्यसलाई पुष्टि गर्न सकेन । उसोत लुम्बिनीमा संस्थापन इतर समूह बलियो छ ।