कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट नदिजन्य पदार्थ उत्खनन गर्ने जेसिबी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ बाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने जेसिबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ईदिखोलामा डोजर प्रकृतिको सवारी साधन जेसीबीद्धारा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरीरहेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट भेडावारी कास्कीबाट खटिएको प्रहरी टोलीले सो जेसीबी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ना १ क ४७४२ नम्बरको उक्त जेसीबीलाई अस्ति वैशाख ३० गते आइतबारको दिन प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त जेसीबी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका तथा आवश्यक कारबाहीका लागि माछापुच्छ्रे गाँउपालिकाको कार्यालय लाहाचोक कास्की पठाइएको प्रहरीले जानकारी दिएको छ ।

  • १ जेष्ठ २०८१, मंगलवार ०९:१६ प्रकाशित