नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुङ्गो लगाइने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

  • १ जेष्ठ २०८१, मंगलवार ०९:०० प्रकाशित