गण्डकी सभापतिमा निर्वाचित शर्मा भन्छन्ः अर्जुन जोशीले मलाई बधाई दिनुभयो, अब हाम्रो कुनै गुट छैन (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिबाट प्रदेशको सभापतिमा निर्वाचित शुक्रराज र्माले आफूले कांग्रेसलाई बलियो बनाउने बताएका छन् । वडातहदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाउनमा भूमिका खेल्ने उनले बताए ।

पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका शर्माले कांग्रेसभित्र बसेर गुटगत राजनीति गर्ने छुट कसैलाई नभएको पनि बताए । पार्टीलाई कमजोर बनाउने छुट कसैलाई पनि छैन । मलाई पनि छैन, अरूलाई पनि छैन । म त्यसलाई निराकरण गर्छु । पहिले कांग्रेस बनाऔँ, अनि हामी सबै बन्छौँ, शर्माले भने ।

अर्जुन प्रसाद जोशीले मलाई बधाई दिनुभयो, अब हाम्रो कुनै गुट छैन, हाम्रो कांग्रेस गुट हो । पाटीमा कसैले हादैन, हिजो प्रकृया पुर्याउन पर्ने भएर हिजो चुनाव भयो, कार्यकर्ताले मलाई केही बढि मत दिएर जिम्मेवारी दिए ।

प्रजातन्त्रमा कसैको हार हुदैन, जो प्रजातन्त्रकोविरुद्ध लाग्छ उसले मात्र हार्ने जोशीले बताए । हाम्रो लक्ष देशको विकास हो, युवाहरुलाई कांग्रेसप्रती विश्वास दिलाउने हो, सबै मिलौ देश बनाउ, शर्माले भने ।

  • १९ मंसिर २०७८, आईतवार १८:३५ प्रकाशित