हारपछि आक्रोशित कमल थापा नयाँ पदाधिकारी र सदस्यहरुको शपथ ग्रहणमा गएनन्

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनको अध्यक्ष पदमा पराजित भएपछि निकै आक्रोशित र उत्तेजित बनेका निर्वतमान अध्यक्ष कमल थापा शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा गएनन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा थापा अनुपस्थित भएका हुन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरू कार्यक्रम पुगे पनि थापा भने उपस्थित भएनन् ।

थापा राजेन्द्र लिङदेनसँग १९९ मतअन्तरले हारेका थिए । आफु हारेपछि थापाले सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै आक्रोश पोखिरहेका छन् ।

  • १९ मंसिर २०७८, आईतवार १६:०८ प्रकाशित