जसपाका सांसदले बागमती प्रदेशमा कांग्रेस नेतालाई मतदान गरे

केन्द्रभाग मिडिया

हेटौंडा ।
नेपाली कांग्रेसको बाग्मती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार दुई हजार ८३ जना प्रतिनिधिले मतदान गरे । अधिवेशनका लागि प्रदेशका विभिन्न १३ जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए ।

शनिबार मध्यराति सकिएको चुनावमा ६७ जना अनुपस्थित भए । प्रदेश समितिको सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा भएको थियो । तर पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् ।

जसकारण आइतबार दोस्रो चरणको मतदान भइरहेको छ । हेटौंडामा भएको कांग्रेस प्रदेश अधिवेशनमा जनता समाजवादी पार्टी ९जसपा०का बाग्मती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि मतदान गरेका छन् । उनी रसुवाबाट कांग्रेस प्रतिनिधि बनेको स्रोतले बतायो ।

बाग्मती प्रदेश सभामा जसपाको तर्फबाट सांसद रहेका तामाङले शनिबार राति ९ बजेतिर अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थानमा मतदान गरेका थिए । उनी बाग्मती प्रदेश सभामा जसपाका तर्फबाट एक मात्र सांसद हुन् । केही समयअघि नै उनी कांग्रेस प्रवेश गरेका थिए ।

  • १९ मंसिर २०७८, आईतवार १३:०९ प्रकाशित