बागमती प्रदेशमा फेरि मतदान हुने, अब इन्द्र र जगदीश्वरबीच प्रतिष्पर्धा

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागमती प्रदेशमा दोस्रो चुनाव हुने भएको छ । प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैले पनि बहुमत लिन नसकेपछि फेरि मतदान हुने भएको हो ।

निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसीबीच अब प्रतिष्पर्धा हुने भएको छ । यसअघि भीमसेनदास प्रधानपनि सभापतिका उम्मेदवार हुन् तर उनको दुई जनाको तुलनामा कम मत आएकाले उनी चुनावी मैदानबाट बाहिरिएका छन् ।

निर्वाचन समितिका अनुसार इन्द्र बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् । यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ ।

नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । अब अर्को चरणको चुनावमा बढी मत ल्याउने बानियाँ र केसीबीच चुनाव हुनेछ भने ५० प्रतिशत भन्दा बढी मत ल्याउने विजयी हुनेछ ।

बानियाँ शेरबहादुर देउवा निकटका हुन् भने केसी रामचन्द्र पौडेल पक्षका हुन् ।

  • १९ मंसिर २०७८, आईतवार १०:२४ प्रकाशित