सत्ताका लागि प्रचण्ड जे पनि गर्न तयार रहेको बाबुराम भट्टराईको आरोप

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘योजना, विचार, सिद्धान्त केही चाहिंदैन । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्यो सत्ता चलायो,’ भट्टराईले भने, ‘सत्ताका लागि मरिहत्ते गरेर उहाँले जे पनि गरिरहनु भएको छ ।’

माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण अघि बढाउन नसकिएको जिकिर गरे ।

  • १९ बैशाख २०८१, बुधबार १६:५५ प्रकाशित