पोखरा ।
मादी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिवल प्रतियोगितामा छात्रतर्फ ध्रुव मा.वि विजयी भएको छ ।
सेमी फाइनलमा जनकल्याण मा.वि. मकैखोलालाई हराउँदै ध्रुव मा.वि फाइनल प्रवेश गरेको थियो। उपाधिका लागी ध्रुव मा.वि सँग सीताराम मा.वि याङजाकोटले प्रतिष्पर्धा गरेको थियो ।सेमी फाइनलमा सीतारामले दुधपोखरी मा.वि सोंधालाई पराजित गरेको थियो ।
छात्रा तर्फ राष्ट्रज्योती मा.वि सैमराङले उपाधि जितेको छ । उपाधिका लागि राष्ट्रज्योती र दुधपोखरी मा.वि बीच प्रतिष्पर्धा भएको थियो ।
सेमीफाइनलमा महारुद्र मा.वि तप्राङलाई दुधपोखरी मा.विले हराएको थियो भने राष्ट्रज्योतीले जनकल्याण मा.व मकैखोलालाई हराएको थियो ।
भलिवल खेलका विजयी टिमले ट्रफी (शिल्ड), मेडल र प्रमाण पत्र सहीत नगद पुरस्कार २५००० हजार प्राप्त गरे । यसै गरी खेलका उप विजेताले मेडल र प्रमाण पत्र सहीत नगद पुरस्कार १५००० पाएका छन् ।
यसैगरी सहभागी टिमलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो ।मादी गाउँपालिकाको स्थानीय खेलको खुल्ला ठेलो खेल प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ ।
सम्बन्धित समाचार (यो पनि पढ्नुहोस)
तेस्रो रनिङ शिल्ड प्रतियोगिताको अन्तिम दिनः आज सेमीफाइनल र फाइनल खेल हुदैँ
छात्रातर्फ प्रथम भएकी राष्ट्रज्योति मा.वि सैमराङकी सृजना तामाङले नगद ५००० र प्रमाणपत्र, द्धितीय हुन सफल भएकी जनकल्याण मा.वि मकैखोलाकी इशा गुरुङले नगद ३००० र प्रमाण पत्र र तृतीय भएकी सिताराम मा.वि यांजाकोटकी सुस्मिता परियारले नगद २००० र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै छात्र तर्फ प्रथम भएका ध्रुव मा.वि. तारकाङका मिलन वि.क.ले पुरस्कार ५००० र प्रमाण पत्र,द्धितीय हुने जनकल्याण मा.वि मकैखोलाका साजन रानाले ३००० र प्रमाण पत्र र तृतीय भएका हिमालय मा.वि. ताङतिङका मनोज मगर २००० र प्रमाण पत्र पाएका छन् ।
विजयीहरुलाई गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । गाउँपालिका उपाध्यक्ष विष्णु माया आचार्य पौडेल र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले पुरस्कार वितरणमा सहजीकरण गरेका थिए ।
शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् । प्रतियोगिता यही मंसिर १५ गतेदेखि १७ गतेसम्म भएको थियो ।