राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । प्रतिस्पर्धि कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन् । महामन्त्रीमा भने थापा पक्षकी कुन्ति शाही विजयी भएकी छिन् । उनकी प्रतिद्वन्दी अभिनेत्री रेखा थापा पराजित भइन्।

राप्रपा नेता हेमजंग गुरुङका अनुसार अध्यक्ष लिङ्देनले १८१७ मत पाएका छन् भने निवर्तमान अध्यक्ष थापाले १६१७ मत पाएका छन् । नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै लिङ्देनले दाबेदारी दिएका थिए ।

निवर्तमान अध्यक्ष थापाले भने निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउँदै मुलुक गणतन्त्रमय भएका बेला आफूले राजतन्त्रको झण्डा बोकेको पुरस्कार अहिले राजाले दिएको टिप्पणि गरेका छन् ।

चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रिय सदस्यका लागि शनिवार मतदान भएको थियो । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच तथा उपाध्यक्षमा ९ जना र महामन्त्रीमा ६ जना र केन्द्रिय सदस्यका लागि २७६ जना प्रतिस्पर्धामा थिए । निर्वाचन समितिले मतगणना केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

  • १९ मंसिर २०७८, आईतवार ०७:५४ प्रकाशित