बझाङको सबै मतपेटिका सङ्कलन, ११ बजे सर्वदलीय बैठक

केन्द्रभाग मिडिया

धनगढी ।

बझाङ निर्वाचन क्षेत्र नं। १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन भएको छ ।

शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर पुर्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले ११ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । लगत्तै मत गणना हुने उनले जानकारी दिए ।

  • १६ बैशाख २०८१, आईतवार १०:०६ प्रकाशित