माइक्रोसफ्ट च्याम्पियनसीप २०२२ खुलेको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२२ को लागि रजिष्ट्रेसन खुलेको छ । माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२२ को रजिष्ट्रेसन खुलाइएको घोषणा गरेकोे हो । यो माइक्रोसफ्टले गर्ने अन्तरािष्ट्रय प्रतियोगीता हो ।

माइक्रोसफ्ट अफिस वर्ड, माइक्रोसफ्ट अफिस एक्सल र माइक्रोसफ्ट अफिस पावरपोईन्टको २०१६ र २०१९ को ६ बिधामा प्रतियोगीले सहभागीता जनाउन सक्नेछन् । १३ वर्ष देखि २२ वर्ष उमेर समुहका विद्यार्थीले यो प्रतियोगीतामा भाग लिन पाउनेछन् । रजिष्ट्रेसन शुल्क ३ हजार ४ स ९० रुपैयाँ लाग्ने नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक दिनेश लामिछानेले बताए । रजिष्ट्रेसन फाराम देशभर जिल्ला पार्टनरहरुबाट भर्न सकिने लामिछानेले जनाए । अनलाइन मार्फत रजिष्ट्रेसन गर्न सकिनेछ ।

सोही कार्यक्रममा सूचना प्रविधी क्षेत्रको विश्वको सबै भन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप–२०२१ नेपालको राष्ट्रिय विजेतालाई अवार्ड वितरण गरिएको थियो ।

प्रतियोगीताको माइक्रोसफ्ट अफिस पावरपोईन्ट २०१६ नेपाल च्याम्पियन–२०२१ को उपाधि विश्व आदर्श विद्यालयमा अध्ययनरत सुनसरीका गौरब चौधरी, माइक्रोसफ्ट अफिस पावरपोईन्टको २०१९ नेपाल च्याम्पियन–२०२१ कोउपाधी हेटौडाका आयाम अवलले जितेका थिए ।
यस्तै माइक्रोसफ्ट अफिसवर्ड २०१६ नेपाल च्याम्पियन–२०२१को उपाधि स्काई राईडर माध्यमिक विद्यालयमा अध्ययनरत रत्ननगर चितवनकी दिपिका पण्डित, माइक्रोसफ्ट अफिस वर्ड २०१९ नेपाल च्याम्पियन–२०२१ को उपाधि सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत ओखलढुङ्गाका दिपेश श्रेष्ठले हात पारेका थिए । माइक्रोसफ्ट अफिस एक्सल २०१६ नेपाल च्याम्पियन–२०२१ को उपाधि सिन्धुपाल्चोकका अभिनाश गुरागाई, र माइक्रोसफ्ट अफिस एक्सल २०१९ नेपाल च्याम्पियन–२०२१ को उपाधि एग्रिकल्चर र फरेष्टी विश्व विद्यालयमा अध्ययनरत ताप्लेजुङ्गका जेशिस ओझाको पोल्टामा परेको थियो ।

देशभरबाट सहभागी ४ भन्दा बढी विद्यार्थीहरु मध्यबाट राष्ट्रिय चरणको लागि ८३ जना विद्यार्थी छनौट भएका थिए । भदौ १३ र १४ मा भएको राष्ट्रिय चरणको परिक्षाबाट प्रत्येक विधामा एक–एक जना गरी ६ जना राष्ट्रिय बिजेता छनौट भएको लामिछानेले बताए ।

यसरी छानिउका ६ जना बिजेताहरुले १०८ राष्ट्रका राष्ट्रिय बिजेताहरुसँग अन्तराष्ट्रिय राउण्डमा प्रतिस्पर्धा गरेका थिए । जसबाट नेपालका गौरव चौधरी छैटौँ र अविनाश गुरागाई ८ औँ स्थानमा आएका थिए । यो महत्वपूर्ण उपलब्धी भएको लामिछानेको दावी छ । ‘२०२१ मा ेपालका गौरव चौधरी छैटौँ र अविनाश गुरागाई ८ औँ स्थानमा आए, सन् २०१३ मा नोपलबाट सहभागी हिमाल श्रेष्ठ अन्तराष्ट्रिय विजेता बन्न सफल भएका थिए । आगामी दिनमा पुनः नेपाल अन्तराष्ट्रिय विजेता बन्न सक्ने सम्भावना देखिएको छ’ उनले भने ।

यो प्रतियोगीतामा सहभागी हुने प्रतियोगीले विभिन्न प्रोजेक्ट गर्नुपर्ने हुन्छ । एक हजार नम्बरको परिक्षामा उत्रिर्ण हुन ७ सय नम्बर ल्याउनुपर्नेछ । यसरी उत्रिर्ण हुनेले माइक्रोसफ्ट सटिफाई प्रमाणपत्र हात पार्नेछन् ।

धेरै विद्यार्थीलार्य यो प्रतियोगीतामा सहभागी गराउन १५ वटा राष्ट्रिय पार्टनर मार्फत ४२ जिल्लामा यो कार्यक्रम पु¥याइएको छ । यो वर्ष यसलाई बढाउदै ६० जिल्लामा कार्यक्रम पु¥याउने लक्ष्य राखिएको लामिछानेले बताए । माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२१ को राष्ट्रिय विजेता अवार्ड वितरण तथा २०२२ को लागि रजिष्ट्रेसन घोषणा कार्यक्रम दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका संस्थापक सविना लामिछानेको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपालका केन्द्रिय सचिव जगनबहादुर गुरुङ, कास्की अध्यक्ष रुक्वाङगत भण्डारी विश्वास, सुनसरी, मोरङ र झापाका डिष्ट्रिक पार्टनर टेकनाथ भट्टराई, मकवानपुरका श्रवणकुमार श्रेष्ठ, चितवन र नवलपुरका महेन्द्र सापकोटा, सुर्खेतका प्रकाश खनाल, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका प्रमुख दिनेश लामिछाने, विपना घिमिरे लगायतले प्रतियोगतिाको महत्वको बारेमा बोलेका थिए । प्रतियोगीतामा सहभागी प्रतियोगीले आफ्ना अनुभव समेत सुनाए ।

  • १८ मंसिर २०७८, शनिबार १९:३९ प्रकाशित