काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् ।
बुधबार कतारी अमिर शेख तमिम बिल हमाद अल थानीसँगको द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन् ।
‘कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री दाहालले गरे ।
नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरू (एमओयू) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समयको मागसँगै दुबै देशहरूबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए ।