सहचालकले चलाएका थिए पोखरामा विहान दुर्घटना भएको बस

केन्द्रभाग मिडिया

पोखरा ।

काठमाण्डौबाट बेनी जाँदै गरेको बस दुर्घटनामा बसकासहचालक बिनोद दर्जीले उक्त बस चलाएको खु्ल्न आएको छ । बिहीबार बिहानपख बेनी जाँदै गरेको ग २ ख १६३० नम्बरको रात्री बस पोखराको हेम्जा सुइखेतमा दुर्घटना भएको थियो ।

दुर्घटना पश्चाल प्रहरीले चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्दा उक्त बस सहचालक म्याग्दी बेनी नगरपालिका नगरपालिका ४ तातोपानी बस्ने २५ का बिनोद दर्जीले चलाएको खुल्न आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार पश्चात बिहीबार दिउसो १ १० बजे डिस्चार्ज भइ वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा रहेको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका बागलुङ तमानखोला गाउँपालिका तमानका २५ वर्षिया रीता घर्ती, म्याग्दी मालिका ५ देवीस्थानका ३० वर्षिये भिम कुमार बुढा,सोही ठाँउकी २७ वर्षिया निर्मला फगामी, ६ वर्षिय बालक निश्चल फगामी, ४६ वर्षिय सुमित्रा फगामी र ६५ वर्षिय कृष्ण कुमारी पुन हस्पिटलबाट डिस्चार्ज भएका छन ।

त्यसैगरी म्याग्दी मालिका गाउँपालिका १ दरवाङका नर बहादुर पुन र म्याग्दी बेनी ७ मंगलघाटका टेक बहादुर कार्कीको सामान्य अवस्थामा म्याग्दी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • २९ चैत्र २०८०, बिहीबार १८:१८ प्रकाशित