राप्रपा महाधिवेशन : आज मनोनयन , भोलि मतदान

केन्द्रभाग मिडिया

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

हिजो राती नै संशोधित निर्वाचन तालिका सार्वजनिक भएसँगै मनोनयन दर्ता सुरु भएको हो। बिहीबार राति नै ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित भएको छ ।

जसअनुसार शुक्रबार बिहान साढे ७ बजेदेखि दरखास्त फाराम वितरण गरिएको थियो भने साढे ७ देखि साढे ९ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध र सच्याउने समय दिइएको थियो । अब ११ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ ।

त्यसपछि साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, २ देखि ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र ५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरु हुनेछ ।

राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

  • १७ मंसिर २०७८, शुक्रबार ०९:५७ प्रकाशित